प्युठानमा भएको ट्याक्टर दुर्घटनामा सातजनाको मृत्यु

सांकेतिक तस्विर

दाङ । प्युठानमा भएको ट्याक्टर दुर्घटनामा सात जनाको मुत्यु भएको छ । गतराती स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोवर्द्धन बुढामगर रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी मृत्यु हुनेहरु सवै भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

ट्याक्टरमा आठजना सवार भएकोमा एकजना भने हामफालेर वचेका थिए । ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्