सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियो

यो वास्तविक तस्विर होइन । सांकेतिक मात्र हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म भारतको अयोध्यामा नभइ नेपालकै ठोरीमा भएको वक्तव्य दिएको केही दिन नवित्दै पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति संगसंगै सीता गुफा क्षेत्र चर्चामा आएको थियो । सशस्त्र प्रहरी वल वोर्डर आउट पोष्ट ठोरीका अनुसार ४३६ नम्वरको पिलर उखेलेर फालिएको अवस्थामा फेला परेको हो ।

शनिवार मध्यान्ह १२ वजेसम्म सुरक्षित रहेको सीमास्तम्भ सीतागुफामा पुजाआजा गर्ने भक्तजनहरु घर फर्किएपछि उखेलेर फालिएको थियो । प्रधानमन्त्री ओलीको वक्तव्यपछि सो क्षेत्रमा कलशयात्रा र पुजाआजा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्