टिकटक र वीच्याटलाई ४५ दिनपछि अमेरिकामा प्रतिवन्ध


लुइभेल, केन्टकी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४५ दिनभित्रमा अमेरिकी कम्पनीले नकिनेमा टिकटक र वीच्याटलाई अमेरिकामा प्रतिवन्ध लगाइने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यी दुवै एपका निर्माताहरु चाइनिज नागरिक हुन र यिनीहरुको मुख्यालय पनि चीनमा रहेको छन् ।

टिकटक छोटा भिडियोहरु वनाउनका लागि संसारभर प्रख्यात रहेको छ भने वीच्याट विशेषत ग्रुप च्याटका लागि लोकप्रिय छ ।

टिकटक खरिमा अमेरिकी कम्पनी माइक्रोसफ्टले रुचि देखाउंदै आएको छ । यसरी हुने खरिदविक्रीको क्रममा केही प्रतिशत अमेरिकी कोषमा जम्मा हुनुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले वताउंदै आएका भएपनि कार्यकारी आदेशमा भने सो कुरा उल्लेख छैन । यी एपहरुको कारण अमेरिकी नागरिकहरुको व्यक्तिगत सुचना चीनले दुरुपयोग गर्न सक्ने र अमेरिकी नागरिकहरुको जीवन समेत खतरामा पर्ने राष्ट्रपति ट्रम्पको तर्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्