त, ट, मिलेन नभन्नोस, मिलाएर पढनोस

बुढेसकालमा कारण चाहिंदैन, के हुन्छ,हुन्छ ! रातभरी ढाड र काँध दुख्यो। दुखाई भुल्न चाँदै उठे र बिस्तारै मेरो कर्मकुन्जमा आएं।मन लाई भुलाउन सक्यो भने पिडा बिर्सन्छ।टेवलमा बस्ना साथ आँखा चिम्लें।मनको ढोका खोलें। बिस्तारै सोचमा डुब्न थालें।मनमा जे आयो, त्यो लेखें। अब please त, ट, मिलेन नभन्नोस, मिलाएर पढनोस।
 
जीवनमा मलाई समयले राम्रै साथ दिएकोरहेछ; बच्चामा खुब खेले, जवानीमा मस्त प्रेम गरें,धुमे,नाँचें,के के गरें,गरें।बास्तवमा काम गर्न, ज्ञान कमाउन समय लाई पर्खनु पर्दैन।कुनै पनी बेला काम,दाम, नाम, माम कमाउन सकिन्छ।तर त्यो नै उदेस्यको भबिस्य भने हैन। अब ७८ बर्षमा दर्शनको अन्तरकुन्तरमा हराउंदैछु।
 
धर्म, दर्शन, बाद, Ism सब सत्य हैन, यो मात्र अबधारणा,अबलोकन र दृष्टिकोणको हाउगुजी हो।There is no truth, there is only perception. जस्ले तर्क दिन सक्यो, उही ठिक ! हाम्रो आदम्बरी जिवनमा यस्ता अलंकारि सोख पनी चाहिदोरहेछ, किनभने कैलेकाँही we need reasons to live and add romance in the boring life. यद्यपी हाम्रो जिवनलाई दर्शनले हैन एथार्थले दिशानिर्देष गर्छ।
 
एथार्थपरख मान्छे दुई किसिमको हुन्छ Reactive/ Proactive: Reactive मनमौजी हुन्छ, जो होगा देखा जाएगाको बर्तमानमा बाँच्छन, ‘यह मत पुछो कल क्या होगा, जो भी होगा अक्षा होगा’ को अलमस्तिमा रमाउंछ। बास्तवमा सक्यो र जान्यो भने, यो पनी सुखी जिवन बाँच्ने एउटा अचुक उपाय र शैली हो।
 
Proactive मान्छे आजको हैन, भोलीको संसारमा बाँच्न चाहन्छन। चिन्तन गर्दागर्दै कैलेकाँही मन्थनमा अल्मलिन्छ पनी। सफल्ताको खोजीमा Proactive हरू पहाड त चढ्छन तर कैलेकाँही उचाईको बादलमा हराउछन पनी । तसर्थ सात दसक पछी अब मेरो जिवनको भोगाईले मलाई Reactive र Proactive को “मध्यममार्ग” को उत्तम बाटोमा हिड्न धच्घच्याईरहेकोछ।सर्ब भब:न्तु।
प्रतिक्रिया दिनुहोस्