ट्रम्पले राष्ट्रपतिको चुनाव हारे २०२४ मा फेरि पनि उम्मेद्वार वन्छन् : स्टिभ वेनन

ह्वाइट हाउसका पूर्व रणनीतिकार स्टिभ वेननले राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेको निर्वाचनमा पराजय भोगेमा सन् २०२४ मा हुने अर्को चुनावमा फेरि प्रतिश्पर्धा गर्ने वताएका छन् ।

मनी लाउण्डरिङ र धोकाधडीको आरोपमा पक्राउ परेका वेननले द अष्ट्रेलियनसंग भनेका छन् , यदि ट्रम्पले यो चुनाव हारे भने तपाइहरुले डोनाल्ड ट्रम्पको अन्त (राजनीतिक) भएको देख्न पाउनु हुनेछैन ।

राष्ट्रपति ट्रम्पले चुनाव जित्ने दावी गरेपनि उनले चुनावमा ट्रम्प पराजित हुने केही संशय भने व्यक्त गरेका छन् ।

म यो अनुमान अहिले नै गर्न सक्छु, कुनै माध्यमवाट ट्रम्पलाई हराइयो वा कुनै वाटोवाट प्रतिश्पर्धी जो वाइडेनलाई विजयी घोषित गरियो भने पनि ट्रम्पले २०२४ मा फेरि चुनाव लड्ने घोषणा गर्नेछन्, वेननले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्