अमेरिकामा एकैदिनमा ९३३ कोरोना संक्रमितको मृत्यु

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० हजार ३ सय १५ पुगेको छ । यसै गरि कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ सय ३३ पुगेको जोन्स हप्किन्स बिश्व बिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत मंगलबार अक्टोबर २० का दिन २४ घण्टामा लिइएको हो ।

गत सोमबार अक्टोबर १९ का दिन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५८ हजार ३ सय ८७ पुगेको थियो भने मृत्यु हुनेको संख्या ४ सय ४५ पुगेको जोन्स हप्किन्स बिश्व बिद्यालयले जनाएको थियो ।

गत सोमबार भन्दा मंगलबार पुन: संक्रमित र मृत्यु हुने संख्यामा पुन :वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म २ लाख २५ हजार २ सय २३ को मृत्यु भएको छ भने ८४ लाख ३० हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३४ लाख ७० हजार निको भै सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्